सडकमा मारिने जनावरबारे सोच्नुभएको छ?
सडकमा मारिने जनावरबारे सोच्नुभएको छ? हरेक पल मान्छे मरेको खबर सुन्नु परिरहेको छ। कोरोना महामारी कहिले कम होला र यो मृत्युको शृंखला रोकिएला? समयमा अक्सिजन र उपचार नपाएर मान्छे मरिरहेको यो समयमा नसोचूँ भन्दा पनि मृत्युबारे सोच्न आइरहेछ। थाहै नपाई म मान्छे र जनावरको मृत्युबारे तुलना गरिरहेको छु। लकडाउनभन्दा अघि पनि यसबारे सोच्थेँ, तर यतिबेला यो तुलना झनै सान्दर्भिक लागिरहेछ।
मान्छे मरेपछि संख्यामै भए पनि अभिलेख बस्ने रहेछ। मान्छे मरेको शोकमा सेतो कपडा लगाउनेदेखि र वर्षेनि श्राद्ध गरिँदो रहेछ तर जनावर मर्दा? विचरा उनीहरुको तथ्यांक कसले राखोस्? उनीहरुको स्वभाविक मृत्युमा मात्र नभई वा अस्वभाविक रुपमा दुर्घटनामा मारिँदा पनि रोइदिने कोही हुन्न होला। हुन त अचेल सडकमा जनावर मारिएको घटना बेलाबेला समाचारमा आउन थालेका छन्। यसरी छापिने समाचारमा प्राय बाघ गैंडा हात्तीजस्ता ठूला जनावर मारिएका कुराले प्राथमिकता पाउँछन् । पाउनु पनि पर्छ। तर अरु साना जनावरहरु जस्तै ओत, हरिण, बादर, सर्प, पुतली आदि मारिएका कुरा बिरलै समाचार बन्छन् । यहाँ त जनावरको सुचना संकलनमा पनि भेदभाव गरिएको छ।
आधुनिक समाजमा मान्छे पर्यावरण जीवजन्तुको अन्तर्निर्भरता र अन्तर्सम्बन्धलाई सैद्धान्तिक रुपमा स्वीकार्न थालिसकिएको छ। तर व्यवहारमा धेरै कुरा बुझ्न र सिक्न बाँकी नै छ। त्यही भएर मान्छेको लापरवाहीबाट मान्छे र जनावरहरु मारिएकै छन्। तर मान्छे मर्दा कम्तीमा समाचार बन्छ। मरिएका मानिस र सवारी साधनको तथ्यांक पनि भेटिन्छ। तर नेपालमा वन्यजन्तु दुर्घटना सम्बन्धित तथ्यांक खोज्नुपरे भेट्न सजिलो छैन। यसको कारण हो हामीले सडकमा हुने वन्यजन्तु दुर्घटनालाई खासै गम्भीर रुपमा लिएका छैनौं।
सडकमा हुने वन्यजन्तु दुर्घटनालाई रोडकिल भनेर बुझिन्छ। रोड्किल भनेको सवारीसाधनको टकराब बाट हुने जनवारको क्षति हो। रोड्किल अवस्यपनि मानिसको गल्तिको कारण हुने गर्छ। सर्बप्रथम त जनावरको आवास क्षेत्रमा गाडी गुड्ने बाटो बन्नुले धेरै समस्या निम्त्याको हो भने आवास क्षत्रमा बनेका बाटो जनावर मैत्री नहुनु अर्को समस्या हो। सामान्य रुपमा हेर्दा रोडकिल मान्छेको लापरवाही वा जनावरहरुको अनियन्त्रित आवत जावतका कारण हुने गर्छ। यसका कारणहरु खोतल्दै जाँदा: जनावरको विशेष आवास क्षेत्र भित्र बाटो हुनु, बन लाई टुक्रा टुक्री बनाउनु, सम्बधित निकायको नियमित रूपमा अनुगमन नहुनु, जनावरहरू लाइ बेग्लै हिडडुल गर्न बाटो नहुनु आदि इत्यादी |
तीव्र गतिमा सवारीसाधान चलाउनु, वन्यजन्तु सम्बन्धी ज्ञानको कमि हुनु तथा यसको संरक्षणमा पुग्न पर्ने ध्यान नपुग्नु जस्ता लापरबाही र सबैभन्दा महत्त्वपूर्ण कुरा अनियन्त्रित सडकको विकासले वन्यजीवनलाइ असाध्यै नराम्रो असर पारिरहेको छ। आजको समयमा जे कुरा पनि छिटो चाहिने बानीले गर्दा मानिस जतिबेला पनि हतारमा देखिन्छ। यही हतारो कयौं निर्दोष जीवजन्तुको अनायसै प्राण लिने कारण बनेको छ। संसारभर मानिसले लापरवाहीपूर्वक चलाएका सवारी साधनका कारण लाखौँ जीवजन्तु मरिरहेका छन्। हुन त हतार मात्र होइन अरु पनि हजार कारण छन्। तर मानिसले आफ्नो समय जोगाउन बन्यजन्तुको समय चोट्ट्याइरहेको कुरा भने सोचनीय छ। आफ्नो कार्य छिटो गर्न अथवा भनौं आफ्नो दुनो सोझ्याउन अरुको दुनो बंग्याउनु वा अरुलाइ हानि गर्नु भने अपराध हो। वास्तबमा हामीले जस्ता कार्य गर्दा पनि अरुलाई हानि नगर्ने अथवा भनौं अत्यन्त कम क्षति गर्ने हिसाबले गर्नुपर्छ भनेर हरेक वातावारणीय अध्ययनका दस्ताबेजहरुमा लेखिएको देखिन्छ। तर त्यो क्षतिको थ्रेशहोल्ड कति हो भन्ने कुरा, कति क्षति धेर या थोर हो भन्ने कुराको भने यकिन तथ्यांक कतै लिखित छैन। यस्ता क्षतिहरुको तथ्यांक यथासिघ्र रास्ट्रिय निकुन्ज तथा सम्बन्धित निकायहरुबाट संकलन गरेर धेरै क्षति हुने ठाउमा यथासिघ्र या त मानिसको लागि या त जनावरको लागि बैकल्पिक बाटो बनाउनु आवस्यक देखिन्छ। घना जंगलको बीचबाट बाटो बनाएको कारण वन्यजन्तु र सवारी साधनबीच मात्र द्वन्द्व नभई मानिस र जीवजन्तुबीच पनि द्वन्द्व सिर्जना भइरहेको छ। यस्ता द्वन्दले गर्दा हुने बन्यजन्तुको क्षतिलाइ सामान्य मानिसले अत्यन्त सामान्य रुपमा लिने गरेको देखिन्छ।
विश्वभर हुने रोडकिलबारे यकिन तथ्यांक नपाइए पनि यसबारे केही अध्ययनहरुले वर्षमा चार सय मिलियन रोडकिल हुने देखाउँछ। एउटा अध्ययनले अमेरिकामा प्राय हरेक वर्ष ८० मिलियन चराहरु मारिने देखाउँछ। तीमध्ये एक लाख भन्दा बढी दैनिक मारिन्छन्, अमिरकामा शिकारमा भन्दा रोडकिलबाट हुने मृत्यु अहिले ठूलो कारण बनेको छ। अन्य देशहरुमा जहाँ रोडकिलको रेकर्ड उपलब्ध छ त्यहाँ पनि मृत्युदर उच्च छ। नेदरल्यान्डमा १ लाख ५९ हजार म्यामल र ६ लाख ५३ हजार चरा, बुल्गेरियामा ७० लाख चरा र अष्ट्रेलियामा पचास लाख भ्यागुता र रेप्टाइल्स रोडकिल पाइएको थियो।
डीएनपीडब्लुसीका अनुसार नेपालको केसमा बर्सेनि दुइ सयको हाराहारीमा रोड्किल हुने गरेको छ। जसमध्य बाँके राष्ट्रिय निकुञ्ज अगाडि छ भने बर्दिया राष्ट्रिय निकुञ्ज दोस्रो नम्बरमा छ। त्यसै गरी पर्सा र चितवन राष्ट्रिय निकुञ्ज रहेको छ। त्यसमा धेरैजसो व्वाँसो, बादर, हरिण रोडकिलमा पर्ने गरेको पाइन्छ। बर्दियाले आफ्नो सक्दो गरिरहेको छ। रोकथामका लागि टाइम कार्डदेखि गति नियन्त्रण र आवस्यक परेको बेला बाटो नै बन्द गर्ने गरेको पाइन्छ। किनभने त्यहा बढी मात्रामा वन्यजन्तु मुख्य सडकमा हिँडडुल गरेको भेटिन्छ र धेरै घटनाहरु घटिसकेको हामीले विभिन्न समाचार माध्यममा देख्न सक्छौ। बाँकेले भर्खरै मात्र कोनोपी पुलहरु स्थापना गरेको छ जसले बाँदर जस्ता जनावरलाई सहयोग पुर्याएको छ तर सरीसृप (रेप्लटाइल) तथा स्तनधारी (म्यामल)हरुलाई भने भूमिगत वा ओभर वे पास बनाउन जरुरी देखिन्छ। नेपालका नवनिर्मित चार अन्डरपास मध्य पहिलो दुइ अन्डरपास नारायणघाट मुग्लिन सडकखण्डको आँपटारी र रामनगर क्षत्रमा पर्छन। यस क्षत्रमा बन्यजन्तुहरुको अत्यन्त महत्त्वपूर्ण आवतजावत गर्ने बाटो पर्ने भएकाले यसको निर्माण आवस्यक ठानेर बनाइएको हो। यति राम्रो काम हुँदा हुँदै पनि सानो भएका कारण यस अन्डरपासमा हात्ती जस्ता ठुला जनावरहरु भने आवत जावत गर्न सक्दैनन्।
रोडकिल कम गर्न धेरै विकल्पहरुको अध्ययन जरुरी देखिन्छ। पहिले त हटस्पटको पहिचान हुन जरुरी छ, र हटस्पट बारम्बार भेरिफाइ हुनुपर्छ।ओभारपास र बाइपास को निर्माण सबैभन्दा महत्त्वपूर्ण देखिन्छ। जनावर हरुको ओहोरदोहोरलाइ मध्यनजर गर्दै जु क्षत्रमा धेरै रोड्किल हुने गरेको छ र जुन क्षत्रमा धेरै जनावरहरु ओहोरदोहोर गर्छन , त्यस्ता ठाउँ हरुलाइ पूर्ण अध्ययन गरेर यस्ता ओभरपास र बाइपासको निर्माण गर्ने हो भने बन्यजन्तुको मृत्यु कम हुने निश्चित देखिन्छ। क्यानाडामा रहेको जनावरको ओभारपास, केन्याको जनावरहरुको लागि बनेको अन्डरपास जस्ता संरचनाहरुबाट केही सिक्न सक्ने ठाउँ छन्।
यसको सबैभन्दा मुख्य समाधान भनेको निकुन्ज को बाटो रहेको ठाउँ हरुमा अन्डरपास को निर्माण हो , अन्डरपास रहेको ठाउँ मा माथि बाट जनावर हिड्ने अवस्था भयो भने अनि नभएको ठाउँमा जालीले बाटो कभर गर्यो भने बाटो र जनावर को सम्बन्ध नै हुँदैन, यसले असाध्यै राम्रो संग रोड्किलको समाधान गर्न सक्छ। नेपालमा लागु गरेको निकुन्ज क्षत्रमा ४० किमी गति पनि राम्रो संग फलो गर्ने गरि चेतना कार्यक्रम गर्दा राम्रो हुन्छ।
वन्यजन्तुहरूको संरक्षण गरेर, हामी यो सुनिश्चित गर्दैछौं कि भविष्यका पुस्ताहरूले हाम्रो प्राकृतिक संसार र यसमा बस्ने अविश्वसनीय प्रजातिको आनन्द लिन सक्दछन्। वन्यजन्तुलाई बचाउन सहयोग पुर्याउनको लागि यो बुझ्न आवश्यक छ कि कसरी प्रजातिहरूले उनीहरूको ईकोसिस्टम भित्र अन्तरक्रिया गर्दछन्, र उनीहरू पर्यावरण र मानवीय प्रभावबाट कसरी प्रभावित हुन्छन्। त्यसैले रोडकिललाई गम्भीर रुपमालिई यस्को निर्वारण तिरलाग्नु जरुरी छ |
यस्ता चेतना फैलाउने कार्यमा सबैभन्दा पहिले सरकारी मातहत बाट कार्यक्रम थाल्नु जरुरि छ। त्यस्तै अर्को महत्त्वपूर्ण माध्यम भनेको संचार हो, हाम्रो देशमा विभिन्न संचारका माध्यम हरु बाट कहिल्यै पनि बन्यजन्तुको संरक्षण सम्बन्धि समाचार सुन्न पाइंदैन। बन्यजन्तु संग सम्बन्धित चित्र हरु, यसका संरक्षण संग सम्बन्धित सेमिनार हरु, सबैमाझ पुग्न सक्ने समाचारहरु बनाउनु जरुरि छ। हरेक चिज चेतना संग जोडिएको हुन्छ र त्यो आफैं आउने कुरा होइन।
हामि हाम्रा धर्म ग्रन्थहरुको आधुनिक रुप हेर्न आतुर छौं तर प्राकृतिक रुपमा हामीमाझ रहेका रहस्य अनि त्यस सम्बन्धि अनुसान्धान हरुमा किन पछी परिरहेका छौं? हिन्दु धर्मका ३३ कोटी (प्रकार) देवदेवताका उति नै बाहान उति नै जनावर संग सम्बन्धित छन् तर हामि ति जनावरलाइ मुर्तिमा मात्र पुज्न होडबाजी गर्छौं तर प्राकृतिक रुपमा तिनीहरुको संरक्षण गर्न किन पछी पर्छौं?
लेखन: मन्जुश्री ठाकुर (प्रशिक्षार्थी- वातावरण अध्ययन तथा संरक्षण केन्द्र)